टिजरमा यस्तो देखियो फिल्म ‘जारी’
बुधबार, ०३ फागुन २०७९, १५ : ५५
काठमाडौंँ । आगामी वैशाख १ अर्थात् नयाँ वर्षबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी’ को टिजर सार्वजनिक भएको छ । टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेश देखाउन खोजिएको छ । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर दाम्पतीको भूमिकामा छन् । उनीहरु बीचको प्रेम र घरायसी झगडाले पनि टिजरमा प्रथामिकता पाएको छ ।
रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लेखन समेत सुब्बाकै रहेको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ । शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण