जनकपुर यातायात कार्यालयका दुई जना बिचौलिया पक्राउ
जनकपुरधाम । मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठकमा यातायात व्यवस्था कार्यालय जनकपुरमा भइरहेको भ्रष्टाचारबारेमा सांसदहरूले उठाएको आवाजको प्रभाव परेको छ ।
नेकपा एमाले मधेस प्रदेश सांसद दीपेन्द्र कुमार ठाकुरले यातायात कार्यालय जनकपुरमा महिनामा १० करोड भ्रष्टाचार भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।
त्यसलगत्तै बुधबार प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का अनिल साह र महोत्तरीकै एकडारा ३ बस्ने विरेन्द्र साहलाई पक्राउ गरेको हो ।
यातायात कार्यालयमा आर्थिक लाभ लिएर काम गरिरहेको गुनासो पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक(डिएसपी) वेद प्रसाद गौतमले बताए । यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको डिएसपी गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण