आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल रेमिट्यान्स् प्रवर्द्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का  युएई जाने

बुधबार, ०३ फागुन २०७९, २२ : ३८
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ ।  अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छन् ।  इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत जिजिटल रेमिट्यान्स्लाई प्रवद्र्धन गर्ने उदेश्यले  अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् ।

खड्का शनिवार १८ फेबु्रअरी  अल खाइल मल शाखामा साँझ ५ बजे देखि ६ः३० बजेसम्म, १९ फेबु्रअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहने छिन् । यस्तै खड्काले दुबई  स्थित अल घुराइर मलमा १९ फेबु्रअरी कै दिन  एक विशेष कार्यक्रममा  समेत सहभागि हुने बताएकी छन् । 

सो कार्यक्रममा उनले  त्यहाँ सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्नेछिन् ।  त्यसै गरि   २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म   रहनेछिन् । 

अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो  रेमिट्यान्स् कारोबार गर्ने  एक्सचेन्ज कम्पनि हो । अहिले इसेवा मनि ट्रान्सफरले “ मेरो डिजिटल देश ” योजना सञ्चालन गरिरहेको छ । “मेरो डिजिटल देश ”  योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप