शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

ग्यास सिलिन्डर विस्फोटबाट घाइते हरिकला भण्डारीको निधन

बिहीबार, ०४ फागुन २०७९, ११ : ४१
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा.निजिमा ताम्राकारले बताइन् । 

बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए ।  उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप