आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियु महाधिवेशन : निर्वाचन प्रक्रिया पुरा गराएर अन्तिममा सहमतिको प्रयास

बिहीबार, ०४ फागुन २०७९, १३ : ०२
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुन सकेको छैन । आज बिहान ९ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, पार्टीका शीर्ष नेताहरू नै सहमतिको प्रयासमा जुटेपछि अहिलेसम्म सुरू हुन सकेको छैन ।  मतदानको सम्पूर्ण प्रक्रिया पुरा गरेर पनि पार्टीका नेताहरू सहमति जुटाउन प्रयासमा छन् । जसले आफुहरूको महाधिवेशनमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमा स्वयम् प्रतिनिधिहरू अनविज्ञ छन् । 

हिजो अबेर राति मनोनयन दर्ता गरिएको थियो । जसमा अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् । उनीहरूले प्रति व्यक्ति ७ हजार रूपैयाँ धरौटी तिरेर उम्मेदवारी दिएका हुन् ।  त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । उनीहरूले प्रतिव्यक्ति ६ हजार रूपैयाँका दरले धरौटी तिरका छन् । महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरूले ५ हजार रूपैयाँ तिरेका हुन् । सचिव खुलातर्फका लागि उम्मेदवारी दिएका ४८ जनाले समेत ५ हजार रूपैयाँका दरले धरौटी तिरेका छन् । 

akhil2

त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । उनीहरूले ३ हजार रूपैयाँ धरौटी तिरेका हुन् ।  स्थायी कमिटी सदस्यहरूका लागि २ हजारका दरले धरौटी तिरेर उम्मेदवारी दिएका छन् । यसरी धरौटी वापतको रकम तिरेर उम्मेदवारहरूले उम्मेदवारी दिएपछि नेताहरू भने सहमति जुटाउने प्रयासमा लागेका छन् । स्थायी कमिटी सदस्यहरूदेखि लिएर अन्य नेताहरू सम्म उनीहरूलाई मिलाउने प्रयासमा लागेका हुन् । 

akhil3

निर्वाचन कमिटीले आफ्नो तर्फबाट गर्नुपर्ने निर्वाचन प्रक्रियाको तयारी पुरा गरेको हो । निर्वाचनका लागि भनेर विद्युतीय भोटिङ मेसिनको समेत व्यवस्थापन गरेको छ ।  निर्वाचन कमिटीले मतदाताको अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको छ । त्यस्तै उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ । निर्वाचन कमिटीले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेपछि प्रतिनिधिहरू निर्वाचन हुनेमा ढुक्क थिए । तर, पार्टीका शीर्ष नेताहरूबाट मिलेर जान चर्को दवाव परेको छ । जसले गर्दा नयाँ नेतृत्व चयनमा अनेरास्ववियुका नेता तथा कार्यकर्ता निर्वाचन हुन्छ भन्नेमा ढुक्क छैनन् । 

उम्मेदवारी दिएका उम्मेदवारहरू समेत निर्वाचन हुनेमा अझै विश्वस्त छैनन् । उम्मेदवारहरूले भोट माग्ने कार्यलाई भने तिब्रता दिएका छन् । महाधिवेशनस्थलमा भेटिएका अध्यक्षका प्रत्याशी मोति विक प्रतिनिधिहरूसँग भोट माग्दै हिँडेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई भेटेर आफुलाई भोट दिन आग्रह गर्दै आएका हुन् । अन्य उम्मेदवारहरू समेत भोटका लागि अपिल गर्दै हिँडेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप