जुम्ली आलुको माग बढ्दाे
जुम्ला । पातारासी गाउँपालिका–६ की रुपा खड्का बिहान सबेरै उठेर डोकोमा आलु बेच्न सदरमुकाम खलंगा पुग्छिन् । आलु बिक्रीबाट उनको दैनिक कमाइ कम्तीमा १ हजार रुपैयाँ हुन्छ ।
७ रोपनी जग्गामा व्यावसायिक आलु खेती गरिरहेकी उनले गत वर्ष १ सय २० क्विन्टल आलु उत्पादन गरिन् । महिनामा करिब १० हजार रुपैयाँ घर र छोराछोरीको पढाइमा खर्च हुने गरेकाले मासिक २० हजार रुपैयाँसम्म बचत भइरहेको उनको भनाइ छ ।
पातारासी गाउँपालिका–७ रिनीकी हरिकला बुढाले उत्पादन गरेको आलु पनि सजिलै बिक्री भइरहेको छ । राम्राे बजार हुँदा महिनामा १०–२० हजार रुपैयाँ बचत भएको उनले बताइन् ।
जुम्लाका लागि पातारासी गाउँपालिका आलु उत्पादनको पकेट क्षेत्र हो । स्थानीयले आलु बिक्रीबाट राम्राे आम्दानी गरिरहेका छन् । गाउँपालिकाको तथ्यांकअनुसार पातारासीबाट मात्रै ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर जाने गरेको छ ।
त्यसमध्ये सबैभन्दा बढी ६ नम्बर वडाबाट करिब २ हजार मेट्रिक टन आलु बाहिर जाने गरेको हो । गाउँपालिकाका सबै वडामा आलुखेती हुन्छ । तर सहज रुपमा आलु ढुवानीको लागि पक्की सडक नहुँदा सबै आलु जिल्लाबाहिर पठाउन नसकिएको किसानको गुनासो छ ।
आफूहरूले उत्पादन गरेको आलु कालीकोट, मुगु, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जलगायत ठाउँमा जाने गरेको पतारासी–६ की सम्झना खड्काले बताइन् । बर्सेनि आलु बिक्रीबाट आएको रकमले जीवनयापन चलाउन सहज भएको उनको भनाइ छ । आलुको माग बढ्दो क्रममा रहेको उनको भनाइ छ । उनले ६ रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन् ।
उनका अनुसार वर्षे र हिउँदे दुवै आलु उत्पादन हुने भएकाले बाह्रै महिना आलु बिक्री गर्न पाइएको छ । उनका अनुसार ५ वर्षअघिसम्म बाहिरबाट ल्याएको आलु उपभोग गर्नुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण