सप्तरी र कपिलवस्तुमा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौँ । सप्तरी र कपिलवस्तुमा भएका छुट्छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सप्तरी, महदेवा गाउँपालिका–१ चिमटीस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सो गाउँपालिकाको डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को.२८ प ६५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय प्रदिपकुमार यादवको मृत्यु भएको हो ।
यादव राजविराज नगरपालिका–११ फर्सेटका स्थायी वासिन्दा हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उता, कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय वाहदुल मुसलमानका छोरा ९ वर्षीय जाकिर मुसलमान रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण