राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता
काठमाडौँ । राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका हुन् ।
पार्टीभित्रका आन्तरिक विवाद थाँती राखेर कांग्रेस नेताहरू माओवादी केन्द्रलाई विश्वासमा लिन सक्रिय भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, अन्य नेताले पनि पार्टीले अघि सारेको उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने बताउँदै आएका छन् । उनीहरू प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष दाहालसहितका नेताहरूसँग वार्ता र छलफलमा जुटेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको निर्णयलाई नमान्न भयमा रहेका दाहाललाई आश्वस्त पार्न इतरपक्षका नेताहरू नै लागेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक रणनीति बनाउन व्यस्त तीन दल, कीर्तिपुर बन्यो मुख्य चासो
-
‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको राम्रो साथ पाएपछि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन मिति स्थगित
-
पोर्चुगलमा एक नेपाली बेपत्ता
-
हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल
-
नेपालमा नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, तिर्न थाले कर
-
बागलुङमा दम्पती मृत फेला, प्रहरीले थाल्यो अनुसन्धान