शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

भण्डारीको पहिलो शल्यक्रिया सफल, दोस्रो बाँकी

शनिबार, ०६ फागुन २०७९, ०६ : ०८
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा डा. भण्डारीको शुक्रबार दायाँ खुट्टामा जलेको भागमा शल्यक्रिया गरिएको भण्डारीका सहयोगी माधव न्यौपानेले मुम्बईस्थित उक्त अस्पतालबाट जानकारी दिएका हुन् । 

शुक्रबार दायाँ र बायाँ खुट्टाको शल्यक्रिया गर्ने तालिका रहे पनि पहिलो शल्यक्रियाका क्रममा बढी क्षति भएको पाइएपछि दोस्रो शल्यक्रिया हुन नसकेको हो । पहिलो शल्यक्रियाको अवस्थामा सुधार हेरी दोस्रो शल्यक्रिया गरिने न्यौपानेले जानकारी दिए । डा. भण्डारीको उपचार मा संलग्न मुख्य सर्जन डा. सुनील के सवानीका अनुसार दायाँ खुट्टामा जलनबाट गहिरो घाउ बने का कारण शल्यक्रियामा लामो समय लागे को थियो । चिकित्सकले बायाँ खुट्टाको घाउ भने त्यति ठूलो नभएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप