भण्डारीको पहिलो शल्यक्रिया सफल, दोस्रो बाँकी
काठमाडौँ । खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा डा. भण्डारीको शुक्रबार दायाँ खुट्टामा जलेको भागमा शल्यक्रिया गरिएको भण्डारीका सहयोगी माधव न्यौपानेले मुम्बईस्थित उक्त अस्पतालबाट जानकारी दिएका हुन् ।
शुक्रबार दायाँ र बायाँ खुट्टाको शल्यक्रिया गर्ने तालिका रहे पनि पहिलो शल्यक्रियाका क्रममा बढी क्षति भएको पाइएपछि दोस्रो शल्यक्रिया हुन नसकेको हो । पहिलो शल्यक्रियाको अवस्थामा सुधार हेरी दोस्रो शल्यक्रिया गरिने न्यौपानेले जानकारी दिए । डा. भण्डारीको उपचार मा संलग्न मुख्य सर्जन डा. सुनील के सवानीका अनुसार दायाँ खुट्टामा जलनबाट गहिरो घाउ बने का कारण शल्यक्रियामा लामो समय लागे को थियो । चिकित्सकले बायाँ खुट्टाको घाउ भने त्यति ठूलो नभएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण