समाचार
विराटनगर विमानस्थलको रनवेमा केटाकेटी कुदेपछि...
शनिबार, ०६ फागुन २०७९, २० : ५०
विराटनगर । विराटनगर विमानस्थलमा आज दिउँसो साढे ४ बजेतिर स्थानीय केटाकेटीको एक हुल रनवेमा प्रवेश गरेपछि श्री एयरलाइन्सको विमान अवतरणका लागि केही बेर होल्ड गर्नुपरेको छ ।
एयरपोर्टको दक्षिणतिरबाट ७–८ वर्षका केटाकेटी एक्कासि रनवेमा प्रवेश गरेका थिए । विराटनगर विमानस्थलका निमित्त प्रमुख युवल बरालका अनुसार सोही कारण श्री एयरलाइन्सको जहाज अवतरणका लागि ४ मिनेट जति होल्ड गर्नुपरेको थियो ।
‘विमान अवतरण हुनै लाग्दा बच्चा छिरेको देखियो, अनि केही समय विमान आकाशमै घुम्नुपरेको हो,’ बरालले भने, ‘दिउँसो साढे ४ बजेतिरको समयमा फेन्सिङ साइडबाट ३–४ जना केटाकेटी छिरेछन् । उनीहरु स्थानीय हुन् । उनीहरुलाई नियन्त्रणमा लिएपछि जहाज आयो फेरि उडेर गयो । केही भएन । ठूलो केही भएको होइन ।’ उनीहरुलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण