संगमको ‘जुलपी’ मा लोभिए नवराज
आइतबार, ०७ फागुन २०७९, १३ : ११
काठमाडौंँ । कवि नवराज पराजुलीको नयाँ गीत ‘जुलपी’ सार्वजनिक भएको छ । मोहन बेघाको संगीत, नवराजकै शब्द र रिदम कँडेलको स्वरमा रहेको गीतले प्रेमकथा बोल्छ ।
कविता र गीत बाट्दै बाट्दै बनाइएको यो प्रयोगात्मक कलामा संगीत संयोजन रिदम कँडेलको छ । गीतको भिडिओमा नवराज पराजुली र संगम विष्टको अभिनय छ । स्टेजलाई नै लुडो बनाएर लुडोमै खेल्दै नाच्दै एक जोडी कहाँसम्म पुग्छन् भिडियोले देखाएको छ ।
संगम लामो समयपछि अभिनयमा देखिएकी हुन् । उनले धेरै अगाडि फिल्म ‘लभयु बाबा’ बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् । नवराज पराजुलीकै निर्देशन रहेको भिडियो योगेश दाहालले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण