शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक

शनिबार, ०२ साउन २०८३, १२ : ०१
शनिबार, ०२ साउन २०८३

सारांश

  • फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउँ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक भएको छ।
  • यो फिल्म साउन २२ गतेबाट प्रदर्शनमा आउनेछ र यसको कथा क्रान्तिकारी शैलीको छ।
  • फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ।

काठमाडौँ । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउँ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। गीतको शब्द फिल्मका अभिनेता प्रदीप दिपले लेखेका हुन् भने सङ्गीत अभि सुनारको छ। गीतलाई चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छन् ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्म पछिल्लो समय चर्चामा छ । प्रचार–प्रसारमा उतिकै तीव्रता पाइरहेको यस फिल्मलाई हिट निर्देशक ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै, स्वयम् निर्देशक ओम प्रतीकको पनि मुख्य भूमिका छ।

यस फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला, पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन् । जुन दर्शकमाझ निकै लोकप्रिय पनि बन्यो।  यो गीतले पनि दर्शकलाई आकर्षण गर्न सक्छ भन्ने कुरा निर्माण पक्षको भनाइ छ। 

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तिकारी शैलीको छ। जहाँ  देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको भनाइ छ।

यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत सुन्न पाइनेछ । जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको सङ्गीत रहेको मुख्य गीतमा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको दमदार स्वर रहेको छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राईको सुन्दर छायाङ्कन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप