‘फूलबारी’ हिन्दी फिल्म ‘बागवान’सँग मिलेको विषयमा के भन्छन् निर्देशक गुरुङ ?
काठमाडौँ । कतिपय नेपाली फिल्म हिन्दीको कपि हुने गरेको भनेर आरोप लाग्दै आएको छ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘फूलबारी’ पनि यो ट्यागबाट मुक्त हुन सकेन । फिल्मलाई हिन्दी फिल्म ‘बागवान’को कपि भनेर आरोप लागेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् ।
‘फूलबारी’ हिन्दी फिल्म ‘बागवान’ को कपि नभएर प्रभावित भएको निर्देशक रामबाबु गुरुङले बताए । ‘निर्माताले फिल्म फ्यामिली ड्रामा माथि बनाऔ भनेर कथा सुन्दैमा ‘बागवान’ बाट प्रभावित भनेर कलर आएको हो’ निर्देशक गुरुङले भने ‘भारतीय संस्कृति र नेपाली संस्कृतिका धेरै भिन्नता छैन । उहाँहरूले बाच्ने जीवन र हामीले बाँच्ने जीवन, उहाँहरूले भोग्ने जीवन र हामीले भोग्ने जीवन, पारिवारिक गतिविधि धेरै मिल्छ ।’ केही कुरो मिल्यो भनेर ‘बागवान’को कपि भन्न नमिल्ने गुरुङले सुनाए ।
‘हामीलाई यही थिममा फिल्म बनाउन मन लाग्यो । यो थिममा ‘बागवान’ मात्र होइन, अन्य धेरै फिल्म बनेको छ’ गुरुङले थपे ‘अहिलेको समाज अनुसार मिल्दो पारिवारिक ड्रामा भएकोले बनाएका हौँ ।’ फिल्मलाई आफूले ‘बागवान’ को नक्कल नगरेकोले भन्न पनि नमिल्ने उनको धारणा छ ।
निर्देशक गुरुङ आफ्नै समाजको कथालाई मिठो र सरल तरिकाले प्रस्तुत गर्न माहिर छन् । ‘कबड्डी’ को ४ शृङ्खलाबाट उनले आफूलाई यो कुरोमा प्रमाणित गरेका हुन् । तर ‘फूलबारी’ लाई कपिको ट्याग लाग्नु भने राम्रो होइन । कपिको ट्याग लागे पनि फिल्मले भने राम्रो व्यवसाय गरिरहेको छ ।
‘फूलबारी’ बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजिएको फिल्म हो । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियङ्का कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङको अभिनय फिल्ममा छ ।
यशोदा फिल्मस्ले निर्माण गरेको फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको सङ्गीत रहेको फिल्मलाई अमेरिकी छायाकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण