कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ हजारले लिए प्रसूति सेवा
सोमबार, ०८ फागुन २०७९, १२ : २६
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवामध्ये एक प्रसूति सेवा हो । यो प्रसूति सेवाले विशेषगरी जुम्ला, मुगु र कालिकोटको मातृ र नवजात शिशु दुवैको ज्यान सुरक्षित हुने गरेको छ ।
प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार वि.सं. ०७१ सालमा सेवा सुरु गरेपछि चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् ।
यस्तै, ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरङ्ग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरङ्ग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन् । ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा दिएका छन्।
मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा बिस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका बिरामी यहाँ उपचार सेवा लिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण