सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ हजारले लिए प्रसूति सेवा

सोमबार, ०८ फागुन २०७९, १२ : २६
सोमबार, ०८ फागुन २०७९

जुम्ला ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवामध्ये एक प्रसूति सेवा हो । यो प्रसूति सेवाले विशेषगरी जुम्ला, मुगु र कालिकोटको मातृ र नवजात शिशु दुवैको ज्यान सुरक्षित हुने गरेको छ ।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार वि.सं. ०७१ सालमा सेवा सुरु गरेपछि चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् ।

यस्तै, ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरङ्ग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरङ्ग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन् । ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा दिएका छन्।

मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा बिस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका बिरामी यहाँ उपचार सेवा लिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप