नगर सभाबाट बिनियोजन ऐन संशोधन, १४ वटा योजना स्वीकृत
धनकुटा । धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो ।
नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले प्रस्तावहरु प्रस्तुत गरेकी थिइन् । नगरका प्रवक्ता जम्सेर राईका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ । त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि नगर सभाले अनुमोदन गरेको छ ।
सभाले संघ, प्रदेशबाट वा नगरको सञ्चित कोषबाट बजेट प्राप्त भएमा सञ्चालन गर्ने गरी १४ वटा योजना तथा कार्यक्रमलाई स्वीकृति दिने प्रस्ताव पनि पारित गरेको छ । नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरुको तलबी प्रतिवेदन पनि नगर सभाले स्वीकृत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।
नगर सभामा नगरप्रमुख, उपप्रमुख, १० वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरु सहभागि थिए । गत बैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनबाट नगरको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु चुनिएपछि गत असारमा धनकुटा नगरपालिकाको पहिलो नगर सभा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
-
सिसी क्यामेराको निगरानीमा भरतपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण