जननायक रामप्रसाद राईको शालिक अनावरण
खोटाङ । खोटाङमा जननायक रामप्रसाद राईको शालिक अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क उद्घाटनसँगै उनको शालिक अनावरण गरिएको हो ।
प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार रामप्रसाद राई स्मृतिपार्क उद्घाटन एवं शालिक अनावरण गरेका हुन् । २००७ सालका क्रान्ती नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ गाउँपालिका र प्रदेश सरकारको ६५ लाख खर्चमा उनको शालिक सहितको स्मृतिपार्क निर्माण गरिएको हो ।
फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा शालिक, बगैंचा, घेराबारा, पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनाइएको छ । टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, २०७६/०७७ मा १५ लाख र २०७७र०७८ मा १० लाख विनियोजन गरेको थियो ।
यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/०७६ मा प्राप्त २० लाख र आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको थियो ।
ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएको थियो । रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । २००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा गरिएको इतिहास छ । जवानबाट बढुवा हुँदै लेफ्टीनेन्ट बनेका राईले खोटाङ वजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर ९भोजपुर० फर्किएर राणा विरोधी गतिविधि सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण