राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर पुगे प्रचण्ड भेट्न बालुवाटार
काठमाडौँ । राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन् ।
महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने सो पार्टीका कार्यकारिणी सदस्य एकवाल अहमदले बताए ।
राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अोलीसमक्ष राख्ने लोसपाको तयारी रहेको उनले बताए ।
लोसपाका नेताहरुले आज नभए भाेलि बिहानसम्म देउवा र ओलीलाई पनि भेट्ने तयारी गरेको सो पार्टीका नेता मनिष मिश्रले बताए ।
लोसपाले पनि सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने भएको छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण