शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश एकमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

बुधबार, १० फागुन २०७९, ०६ : ००
बुधबार, १० फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, बागमती,  कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप