शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बार्सिलोनामै बस्ने चाहना छ : फाती

बुधबार, १० फागुन २०७९, १५ : ५०
बुधबार, १० फागुन २०७९

काठमाडौँ । बार्सिलोनाका युवा खेलाडी अन्सु फातीले आफूलाई लामो समय बार्सिलोनामा बस्ने योजना भएको बताएका छन् ।

पछिल्लो समय बार्सिलोनाका स्टार खेलाडीलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुने चर्चा थियो ।

तर, पछिल्लो समय फातीले आफू सन् २०२७ सम्म बार्सिलोनासँग सम्झौता गरेर बसेका हुनाले लामो समयसम्म क्लबमै रहने मन भएको बताएका छन् ।

‘अहिले म बार्सिलोनासँगको सम्झौतामा छु । मेरो चाहना लामो समय अझै क्लबमा बस्ने छ । क्लबलाई अफर आएपनि मेरो चाहना भने बार्सिलोना मै रहनेछ,’ फातीले भने ।

फातीले यो सिजन ला लिगामा २१ खेल खेल्दै ३ गोल र ३ असिस्ट गरेका छन् । बार्सिलोनाका लागि अहिले उनी मुख्य खेलाडी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप