बार्सिलोनामै बस्ने चाहना छ : फाती
बुधबार, १० फागुन २०७९, १५ : ५०
काठमाडौँ । बार्सिलोनाका युवा खेलाडी अन्सु फातीले आफूलाई लामो समय बार्सिलोनामा बस्ने योजना भएको बताएका छन् ।
पछिल्लो समय बार्सिलोनाका स्टार खेलाडीलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुने चर्चा थियो ।
तर, पछिल्लो समय फातीले आफू सन् २०२७ सम्म बार्सिलोनासँग सम्झौता गरेर बसेका हुनाले लामो समयसम्म क्लबमै रहने मन भएको बताएका छन् ।
‘अहिले म बार्सिलोनासँगको सम्झौतामा छु । मेरो चाहना लामो समय अझै क्लबमा बस्ने छ । क्लबलाई अफर आएपनि मेरो चाहना भने बार्सिलोना मै रहनेछ,’ फातीले भने ।
फातीले यो सिजन ला लिगामा २१ खेल खेल्दै ३ गोल र ३ असिस्ट गरेका छन् । बार्सिलोनाका लागि अहिले उनी मुख्य खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण