कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी
बुधबार, १० फागुन २०७९, २३ : ०८

काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइसकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत रहेका थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
-
माउ पार्टीको ‘बेवास्ता’ले लथालिङ्ग कांग्रेसका भ्रातृ संस्था
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)
-
‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’