‘सञ्जु’ पछि ‘दादा’ बन्दै रणवीर
शुक्रबार, १२ फागुन २०७९, ११ : ५७
मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको जीवन फिल्मी पर्दामा ल्याउने भएको छ । एमएस धोनी, सचिन तेन्दुलकर जस्ता दिग्गज खेलाडीपछि भारतीय क्रिकेट टोलीका ‘दादा’ अर्थात् सौरभ गांगुलीको बायोपिक फिल्म बन्ने भएको हो ।
लव फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मको स्क्रिप्ट सौरभ गांगुलीले अनुमोदन गरेका छन् । स्क्रिप्ट फाइनल भएपछि सबैको मनमा एउटै प्रश्न छ । बलिउडका कुन अभिनेता पर्दामा ‘दादा’ को भूमिकामा देखिनेछन् ? ।
रिपोर्टका अनुसार सौरभ गांगुली पर्दामा बन्नका लागि रणवीर कपुरको नाम पक्का भएको छ । फिल्मको छायांकन कोलकाताबाट छिट्टै सुरु हुँदैछ । फिल्मको विषयमा रणवीरले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउन बाँकी रहेको छ ।
फिल्मको बजेट करिब २५० करोड भारु हुनेछ । कामको कुरा गर्ने हो भने रणवीर अहिले आफ्नो आगामी फिल्म ‘एनिमल’को सुटिङमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण