सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सञ्जु’ पछि ‘दादा’ बन्दै रणवीर

शुक्रबार, १२ फागुन २०७९, ११ : ५७
शुक्रबार, १२ फागुन २०७९

मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको जीवन फिल्मी पर्दामा ल्याउने भएको छ । एमएस धोनी, सचिन तेन्दुलकर जस्ता दिग्गज खेलाडीपछि भारतीय क्रिकेट टोलीका ‘दादा’ अर्थात् सौरभ गांगुलीको बायोपिक फिल्म बन्ने भएको हो ।

लव फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मको स्क्रिप्ट सौरभ गांगुलीले अनुमोदन गरेका छन् । स्क्रिप्ट फाइनल भएपछि सबैको मनमा एउटै प्रश्न छ । बलिउडका कुन अभिनेता पर्दामा ‘दादा’ को भूमिकामा देखिनेछन् ? । 

रिपोर्टका अनुसार सौरभ गांगुली पर्दामा बन्नका लागि रणवीर कपुरको नाम पक्का भएको छ । फिल्मको छायांकन कोलकाताबाट छिट्टै सुरु हुँदैछ । फिल्मको विषयमा रणवीरले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउन बाँकी रहेको छ ।

फिल्मको बजेट करिब २५० करोड भारु हुनेछ । कामको कुरा गर्ने हो भने रणवीर अहिले आफ्नो आगामी फिल्म ‘एनिमल’को सुटिङमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप