बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विकास अनुगमन कार्यक्रमको रकम रोक्का

शुक्रबार, १२ फागुन २०७९, १६ : २४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम’ को ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बजेट रोक्का गरेको छ । 

अर्थले दुई महिना अघि मात्रै यो कार्यक्रम सञ्चालनको स्वीकृति दिएको थियो । अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई पत्रलेख्दै बजेट रोक्का राख्न अनुरोध गरेको हो । महालेखाले कोष तथा देखा नियन्त्रण कार्यालयलाई पत्राचार गर्दै अर्थको पत्रानुसार प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमबापत अनुदानका रूपमा वित्तीय हस्तान्तरण भएको ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ रोक्का राख्न भनेको छ। अर्को व्यवस्था नभएसम्म बजेट रोक्का हुने जानकारी महालेखाले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप