समाचार
तेह्रथुम आगलागी अपडेट : १४ घर जले, आगलागी नियन्त्रण बाहिरै
शुक्रबार, १२ फागुन २०७९, १८ : ४५
विराटनगर । तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । आगलागीबाट १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।
‘आगो अझै नियन्त्रण बाहिर छ, पालिकाको टोलीसहित हामी पनि घटनास्थलमै छौं, सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको छ,’ उनले भने, ‘सडक यातायातमार्फत दमकल आधा घण्टामा आइपुग्ने जानकारी पाएका छौं, तर दमकल जान नसक्ने ठाउँमा आगलागी भएको हो ।’
सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।
दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ । धुवाँधूलोले गाउँ छोपेको छ । आगलागीका कारण अझै बढी घरमा क्षति भएको हुनसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण