समाचार
तेह्रथुममा भीषण आगलागी, ७ घर जलेर नष्ट
शुक्रबार, १२ फागुन २०७९, १८ : ३१
विराटनगर । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शनिबार भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो ।
वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार हालसम्म ७ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । वडाध्यक्ष बास्कोटाका अनुसार विकट ठाउँ भएकाले दमकल लैजान समस्या भएको र झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ । धुवाँ धूलोले गाउँ छोपेको छ । आगलागीका कारण अझै बढी घरमा क्षति भएको हुनसक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण