शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

तेह्रथुममा भीषण आगलागी, ७ घर जलेर नष्ट

शुक्रबार, १२ फागुन २०७९, १८ : ३१
शुक्रबार, १२ फागुन २०७९

विराटनगर । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शनिबार भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो ।

वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार हालसम्म ७ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । 

अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । वडाध्यक्ष बास्कोटाका अनुसार विकट ठाउँ भएकाले दमकल लैजान समस्या भएको र झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ । धुवाँ धूलोले गाउँ छोपेको छ । आगलागीका कारण अझै बढी घरमा क्षति भएको हुनसक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप