खैरो हेरोइनसहित ३ जना पक्राउ
शनिबार, १३ फागुन २०७९, २१ : ००
काठमाडौँ । प्रहरीले बाँकेको कोहलपुरबाट लागुऔषध (खैरो हेरोइन) सहित ३ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित चप्परगौडीबाट ३ जनालाई पक्राउ गरिएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल घर भएका २१ वर्षीय विशालसिंह ठकुरी, २८ वर्षीय बिक्रमसिंह ठकुरी र कोहलपुर बस्ने १८ वर्षीय निर्जन ढकाल छन् । आरोपीहरुको साथबाट प्रहरीले ११६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । विशालसिंह ठकुरीले ज्याकेट र मलद्वारमा लुकाएर हिँडेको अवस्थामा ११५ ग्राम ७८० मिलिग्राम बरामद गरिएको छ ।
निर्जन ढकालको साथमा २२० ग्राम ब्राउन सुगर फेला परेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको डीएसपी तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण