दीपक–दीपाको हल वैशाखदेखि सञ्चालनमा आउने
काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेस्वरमा निर्माण गरिरहेको मल्टिप्लेक्स फिल्म नयाँ बर्ष अर्थात २०८० को बैशाखमा आउने भएको छ । कलाकार दीपकराज गिरीले रातोपाटीसँगको एक अन्तवार्तामा हल बैशाखमा उद्घाटन तयारी भइरहेको बताए ।
‘अहिले सबैतिर आर्थिक चपेटा छ । त्यसमा हामीले ल्याउन लागेको हल पनि प¥यो’ गिरीले भने ‘हलको काम युद्धस्तर रुपमा अगाडि बढीरहेको छ । बैशाखसम्ममा उद्घाटन गर्ने योजना छ ।’ केही पहिले दीपक–दीपकाको हल उनीहरुकै फिल्म ‘छक्का पन्जा ४’ रिलिजको समय आउने बताइएको थियो । तर दीपकले फिल्मको रिलिजलाई तारगेट गरेर ल्याउने तयारी गरेपनि काम नसकिएको बताए ।
आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा बन्दैछ । दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । दीपक– दीपकोको ‘छक्कापञ्जा ४’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण