प्रधानमन्त्री र सन्दीप लामिछानेले हात मिलाएको विषयमा बोल्यो राखेप
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्रिकेटर सन्दीप लामिछानेले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद्का तर्फबाट सदस्यसचिव टंकलाल घिसिङले जारी गरेको विज्ञप्तिमा टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचारप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरी खेलाइएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दिपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेटमा ऐतिहासिक सफलता पाएको टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचार प्रति खेलकुद परिषद् दुःख व्यक्त गर्दछ ।’ नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको सदाशयताप्रति परिषद्ले आभार पनि व्यक्त गरेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले इतिहास रच्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । खेलाडीहरूले गरेको मेहनतको उच्च सम्मान गर्नु सबै नेपालीको कर्तव्य भएको भन्दै विज्ञप्तिमा यही क्रममा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले नेपाली टिमलाई धन्यवाद तथा बधाई ज्ञापनका लागि आमन्त्रण गरेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण