४ महिनापछि सर्यो ‘परस्त्री’

काठमाडौँ । फिल्म ‘परस्त्री’ को रिलिज मिति ४ महिनापछि सरेको छ । फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म यो मितिमा ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ पनि रिलिज हुन लागेकोले सरेको हो ।
फिल्म अब असार १५ गतेदेखि प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ । ‘लभ लभ लभ’ फिल्मका अभिनेता सुरज पाण्डेको निर्देशन रहेको फिल्म शर्मिला पाण्डेले बनाएकी हुन् ।
‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो समीक्षात्मक र व्यावसायिक रूपमा सफल फिल्म दिएका निर्देशक दीपेन्द्र के. खनालले ‘परस्त्री’ को कथा लेखेका छन् । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतको मुख्य भूमिका छ । सुरजले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
थ्रिलर जनरामा निर्माण भएको फिल्म एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण भएको हो । निरज पाण्डेले छायाङ्कन रहेको फिल्म उत्कृष्ट बनाउने कुरोमा आफूले कुनै कम्प्रमाइज नगरेको निर्देशक सुरजले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा