४ महिनापछि सर्यो ‘परस्त्री’
काठमाडौँ । फिल्म ‘परस्त्री’ को रिलिज मिति ४ महिनापछि सरेको छ । फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म यो मितिमा ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ पनि रिलिज हुन लागेकोले सरेको हो ।
फिल्म अब असार १५ गतेदेखि प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ । ‘लभ लभ लभ’ फिल्मका अभिनेता सुरज पाण्डेको निर्देशन रहेको फिल्म शर्मिला पाण्डेले बनाएकी हुन् ।
‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो समीक्षात्मक र व्यावसायिक रूपमा सफल फिल्म दिएका निर्देशक दीपेन्द्र के. खनालले ‘परस्त्री’ को कथा लेखेका छन् । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतको मुख्य भूमिका छ । सुरजले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
थ्रिलर जनरामा निर्माण भएको फिल्म एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण भएको हो । निरज पाण्डेले छायाङ्कन रहेको फिल्म उत्कृष्ट बनाउने कुरोमा आफूले कुनै कम्प्रमाइज नगरेको निर्देशक सुरजले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण