दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया गिरफ्तार
आइतबार, १४ फागुन २०७९, २० : २६
नयाँ दिल्ली । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भारतको ‘सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले गिरफ्तार गरेको छ । दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।
आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए ।
दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ भनेको छ । उसले आइतबार ‘लोकतन्त्रका लागि कालो दिन’ भएको पनि उल्लेख गरेको छ ।
बयानका लागि सीबीआई अफिस जानुअघि सिसोदियाले घरमै आमाको आशीर्वाद लिएका थिए । त्यसपछि उनी आफ्ना समर्थकहरूको साथ सीबीआई कार्यालय पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण