मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

सोमबार, १५ फागुन २०७९, १६ : ०९
सोमबार, १५ फागुन २०७९

डडेलधुरा ।  डडेलधुराका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो । 

नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्नका लागि शिविरको आयोजना गरेको जनाएको छ । आँखा चेकजाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका लागि उपचार तथा अन्य बिरामीको पनि उपचार भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए ।

गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अमरगढी नगरपालिका–१० ले शनिबार मात्रै आँखा शिविर सञ्चालन गरी एक हजार पाँच सय बढीले उपचार सेवा लिएका छन् । आज वडा नं ६ ले सञ्चालन गरेको नाक, कान, घाँटी, दाँत र आँखा जाँचसम्बन्धी शिविरबाट हजारौँ स्थानीयवासीले सेवा लिइरहेको अध्यक्ष केवि ताम्राकारले बताए । गाउँमै चिकित्सकबाट उपचार पाउँदा स्थानीयवासी हर्षित छन् ।  

दुई दिनसम्म सञ्चालन भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ बिरामीले स्वास्थ्यपरीक्षण गराएका छन् । ज्येष्ठ नागरिक, असक्त, असाहय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिँन पाउँदा खुसी लागेको शिविरमा संलग्न चिकित्सक टिमका लक्ष्मीप्रसाद भट्टले बताए । 

एकीकृत स्वास्थ्य शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, आँखा, दाँत परीक्षण, भिडियो एकसरे, पाठेघर खसेका महिलाको जाँच, रिङ्गपेसरी राख्ने, ल्याबदेखि निःशुल्क औषधि वितरण गरिएको स्थानीय तहले जनाएका छन् । शिविरमा निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेलधुरा र सायन नेपालको सहयोगमा डाक्टरले स्वास्थ्य परीक्षण गरिरहेका छन् । सदरमुकाममा पाउने सेवा गाउँघरबाटै पाउँदा स्थानीयवासी खुसी भएका छन् । शिविरमा ज्येष्ठ नागरिक र महिलाको सङ्ख्या उलेख्य रहेको शिविर सञ्चालन गरेका पालिकाले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप