प्रधानमन्त्री कप महिला क्रिकेट जित्ने सुदूरपश्चिमको टोलीलाई एसपीएको सम्मान
काठमाडौँ । गत माघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको सुदूरपश्चिमको टोलीलाई सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा सम्मान गरेको छ । कलेजमा नै अध्यानरत खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट र रुवि पोदार एसपीएले सम्मान गरेको हो ।
कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उनीहरुलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेको छ । सबैलाई कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन् ।
उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए । उनीहरुसँगै एसपीएले मलेसियामा दुई वर्षअघि सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण