अदालत
सन्दीप लामिछानेको मुद्दामा आदेश आउनुअघि न्यायाधीशले बोलाए वकिल
सोमबार, १५ फागुन २०७९, १७ : २३
काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा आदेश सुनाउनुअघि न्यायाधीशले सन्दीपका वकिललाई बोलाएका छन् । न्यायाधीशद्व सपना प्रधान मल्ल र कुमार चुडालले सन्दीपका वकिल सरोजकृष्ण घिमिरेलाई बोलाएका हुन् । न्यायाधीशहरुले सन्दीप अदालतमा आए–नआएको लगायतका बारेमा वकिललाई सोधेको बताइएको छ ।
सर्वोच्चमा दिउँसै सन्दीपको मुद्दामा सुनुवाइ सकिएपनि आदेश आएको छैन । आदेश आजै आउने बताइएको छ ।
बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण