सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलारूसका राष्ट्रपति चीन भ्रमणमा जाँदै

सोमबार, १५ फागुन २०७९, २० : ४३
सोमबार, १५ फागुन २०७९

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन् ।

सन्  १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मेका लुकाशेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल इन्स्टिच्युट र बेलारूसी कृषि एकेडेमीबाट स्नातक गरेका छन् । उनी बेलारुस गणतन्त्रको सर्वोच्च परिषद्को उपसभापति र बेलारूसी संसद्को भ्रष्टाचार विरोधी समितिको अध्यक्ष थिए ।

सन् १९९४ जुलाईमा लुकासेन्को बेलारूसी इतिहासमा पहिलो राष्ट्रपति चुनिएका थिए । उनी सन् २००१, २००६, २०१०, २०१५ र २०२० मा राष्ट्रपति पदमा पुनः निर्वाचित भएका हुन् । (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप