बेलारूसका राष्ट्रपति चीन भ्रमणमा जाँदै
सोमबार, १५ फागुन २०७९, २० : ४३
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन् ।
सन् १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मेका लुकाशेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल इन्स्टिच्युट र बेलारूसी कृषि एकेडेमीबाट स्नातक गरेका छन् । उनी बेलारुस गणतन्त्रको सर्वोच्च परिषद्को उपसभापति र बेलारूसी संसद्को भ्रष्टाचार विरोधी समितिको अध्यक्ष थिए ।
सन् १९९४ जुलाईमा लुकासेन्को बेलारूसी इतिहासमा पहिलो राष्ट्रपति चुनिएका थिए । उनी सन् २००१, २००६, २०१०, २०१५ र २०२० मा राष्ट्रपति पदमा पुनः निर्वाचित भएका हुन् । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण