भृकुटीमण्डप जग्गा लिज प्रकरण : कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
सांसद गुरुङले उक्त जग्गामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले मंगलबार नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टीका नेता बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए । गुरुङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मतियारको रुपमा दोषी ठहर गरिएको प्रवक्ता योगीले बताए ।
गुरुङलाई दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि फागुन २५ गते पेशी तोकिएको उनले बताए । मुद्दा विचाराधीन रहेकै बेला उनी मंसिरमा भएको निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण