आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पर्यटन उद्योग

बढ्न थाले विदेशी पर्यटक, फेब्रुअरीमा ७३ हजार भित्रिए

बुधबार, १७ फागुन २०७९, १५ : ४६
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । कोरोना महामारीले नराम्रारी थलिएको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ । पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा पर्यटकको आगमन बढ्न थालेको हो । २०२३ को फेब्रुअरी महिनामा मात्रै विदेशबाट ७३ हजारभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

जनवरी महिनामा नेपालमा ५५ हजारभन्दा धेरै विदेशी पर्यटक भित्रिएका थिए । यस्तै, फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक भित्रिएका हुन् । यससँगै सन् २०२३ को २ महिनाको अवधिमा विदेशबाट १ लाख २८ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यस्तै, यो महिनामा नेपालबाट ६५ हजार ५७४ पर्यटक विदेशतर्फ उडेका छन् ।

नेपालमा सबैभन्दा धेरै भारतबाट पर्यटक आउने गरेका छन् । योक्रम सन् २०२३ को फेब्रुअरी महिनामा पनि कायम छ । फेब्रुअरीमा भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल भित्रिएका छन् भने अमेरिकाबाट ७ हजार ८८७ जना भित्रिएका छन् । यस्तै, थाइल्याण्डबाट ४ हजार ८०२, बेलायतबाट ४ हजार ३४५ जना पर्यटक आएका छन् ।

दक्षिण कोरियाबाट ३ हजार २४६ जना, अष्ट्रेलियाबाट २ हजार ९६९ जना, चीनबाट २ हजार २६६ जना र म्यानमारबाट २ हजार २३२ जना पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, श्रीलंकाबाट २ हजार १७५ जना पर्यटक भित्रिँदा जर्मनीबाट २ हजार १०८ जना नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले दिएको छ ।

नेपालमा सन् २०२२ मा जम्मा १९ हजार ७६६ जना पर्यटक भित्रिएका थिए । यस्तै, २०२१ मा ९ हजार १४६जना पर्यटक नेपाल आउँदा सन् २०२० मा ९८ हजार १९० र सन् २०१९ मा १ लाख २ हजार ४२३ जना पर्यटक भित्रिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप