सङ्घीय निजामती र प्रहरी समायोजन ऐन पारित नभए सरकार फेल हुन्छ : उपेन्द्र यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित नभए सरकार फेल हुने बताएका छन् । बुधवार जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सङ्घीयताको जगमा बनेको वर्तमान सरकारले यी दुई वटा सङ्घीय ऐन पारित नगरे फेल हुने भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारको भविष्य पनि यिनै ऐनले निर्धारण गर्ने बताए ।
सङ्घीयता र गणतन्त्रको विकल्प नरहेको बताउँदै अध्यक्ष यादवले सात प्रदेश मध्ये मधेस प्रदेश मात्र पहिचानको आधारमा नामकरण भएको भन्दै अब पूर्वदेखि पश्चिमसम्म मधेसका लागि सङ्घर्ष हुने बताए । सम्पूर्ण मधेस, एक स्वायत्त प्रदेशका लागि ती भूभागलाई भाषा, संस्कृति र पहिचानबाट जोड्नुपर्ने उनले बताए । त्यसका लागि मधेसमा प्रज्ञा प्रतिष्ठान कार्यालयको शुभारम्भ गरिएको समेत उनको भनाई छ ।
कार्यक्रममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारले बनाएका आयोग र प्रतिष्ठानहरू कमाई खाने भाँडोमा मात्र सीमित भइरहेको बताए । प्रतिष्ठान र आयोगहरू बने पनि तिनले काम गर्न नसकेकोप्रति उनले असन्तुष्टि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण