मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सिड्नीमा पुँजीबजारसम्बन्धी सचेतना

बिहीबार, १८ फागुन २०७९, ११ : ११
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजीबजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा स्रोत व्यक्तिका रूपमा रहनुभएका एनआईबीएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयाम बारे सहभागीसँग अन्तर्क्रिया गरेका थिए। अस्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।

उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरूका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरू तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरूका बारेमा समेत जानकारी गराएका थिए ।

नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पुँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरूलाई जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप