सिड्नीमा पुँजीबजारसम्बन्धी सचेतना
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजीबजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्रोत व्यक्तिका रूपमा रहनुभएका एनआईबीएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयाम बारे सहभागीसँग अन्तर्क्रिया गरेका थिए। अस्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।
उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरूका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरू तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरूका बारेमा समेत जानकारी गराएका थिए ।
नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पुँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरूलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण