बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हुण्डाईको नयाँ ग्रान्ड आई १० निओस सार्वजनिक

बिहीबार, २५ साउन २०८०, २१ : १३
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ ।  हुण्डाई ग्रान्ड आई १० निओसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी र नवीनतम फिचरले भरिएको कम्पनीले जनाएको छ । 

पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ । सुरक्षाको हिसाबले नयाँ ग्रान्ड आई १० निओस पहिले भन्दा पनि बढी परिष्कृत र नवीनतम रहेको कम्पनीको भनाई छ । यो गाडी एडभान्सड हाईस्ट्रेन्थ स्टीलद्वारा तयार गरिएको छ । 

गाडीमा चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने फिचर पनि रहेको कम्पनीले जनाएको छ ।  नयाँ ग्रान्ड आई १० निओसको प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप