अफ्रिकन महिलालाई ठमेलमा ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ
काठमाडौँ । अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् ।
परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर नतासाले काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ल्याएर ठमेल स्थित होटल ‘होटल जर्नी होम प्रालि’मा राखेर आरोपीले पीडितलाई वेश्यावृत्ति गर्न बाध्य बनाएको मानव बेचविखन ब्यूरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
पीडितलाई एक दिनमा ५ देखि ७ जनासँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित बिरामी भएर युगाण्डा फर्कन भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा नतासाले उनको टिकट क्यान्सिल गरिदिइन् ।
टिकट क्यान्सिल गरेपछि पीडित प्रहरीको सम्पर्कमा पुगेकी हुन् । आरोपीलाई फागुन १५ मा पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसएसपी श्रेष्ठले बताए । आरोपीले पीडित महिलासँग यौन सम्पर्कबापत पुरुषहरुसँग ४ देखी ५ हजार असुल्ने गरेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण