लिग–२ : यूएईसँग नेपालको हार
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ ।
बिहीबार भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो ।
नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै सन्दीप लामिछानेले २५ रन बनाउँदा आसिफ शेखले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो ।
यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए ।
त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए ।
यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए ।
यो जितसँगै यूएईले ३० खेलमा ३१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । परातिज नेपाल २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण