नक्कली नोट बनाउने गिरोहमा नेपाली सेनाकै कर्मचारी, ६ जना पक्राउ
काठमाडौं–पाँच सय र हजारका नक्कली नेपाली नोट सहित ६ जना पक्राउ परेका छन् ।
धनुषाका धिरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरी बस्ने मनोज केसी, सोलुखुम्बु स्थायी घर हुने भेष कुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझीलाई काठमाडौंको बल्खु र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए ।
शनिवार काठमाडौंको बल्खु स्थित एक औषधी पसलमा औषधी किन्न गएका धिरज बहादुर ठकुरी र निगम राईले दिएको पैसा शंका लागेपछी औषधी पसलेले प्रहरीलाई खबर गरेका थिए ।
‘धिरज र निगमको लिंक पछ्याउँदै जाँदा अन्य चार जना पक्राउ परेका हुन्’ डिएसपी क्षेत्रीले भने, ‘पक्राउ परेकहरुलाई खोटाचलन अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’
पक्राउ परेकाहरुको साथबाट प्रहरीले पाँच सय र हजारका २१ हजार बरामद गरेको छ । जसमा ३८ थान पाँच सयका नोट छन् भने २ थान हजारका नोट रहेको बताईएको छ । जाली नोट सहित पक्राउ परेका भेष कुमार थापा नेपाली सेनाका कर्मचारी हुन् । केही दिनअघी मात्रै सैनिक मुख्यालयमा उनले राजिनामा पत्र बुझाएपछी उनको राजिनामा स्विकृत भैनसकेको स्रोतको भनाई छ ।
त्यस्तै नेमा तामाङ नेपाल प्रहरीका पुर्व जवान हुन् । पुर्व एआईजी राजेन्द्रसिंह भण्डारीको ड्राइभरको रुपमा लामो समय काम गरेका तामाङले केही समयअघी जागिर छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण