राजतन्त्र चाहिने भए पूर्वराजा ज्ञानेन्द्र पनि आन्दोलनमा आउनुपर्छ : दुर्गा प्रसाईँ
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन् । राजतन्त्र पुनःस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।
उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखेका छन् । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक दोहोर्याए । उनले भने, ‘म तपार्इंहरुलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनुपर्यो नि । हामीसँगै आउनु पर्यो । भिडनुपर्यो । हामीलाई साथ दिनुपर्यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न् ।’
माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने र रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण