शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

महिला चेम्बरबाट महिला उद्यमीहरु सम्मानित

शनिबार, २० फागुन २०७९, २१ : ०४
शनिबार, २० फागुन २०७९

काठमाडौँ । नेपाल महिला चेम्बरले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरूलाई सम्मानित गरेको छ ।  सम्मानित हुनेमा उद्योगतर्फ सुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली, आईटीतर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहेका छन् । 

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यमा शुक्रबार कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । त्यसैगरी सांस्कृतिक कार्यक्रम अन्तर्गत सुशीला आर्टस् एकेडेमीका कलाकारहरूले रिदम र सोल थिममा आधारित रही सांगीतिक प्रस्तुति दिएका थिए । 

कार्यक्रममा आयोगकी सदस्य पौडेल खतिवडाले नेपाल सामाजिक संरचनामा विविधतापूर्ण रहेको उल्लेख गर्दै महिलाहरू हिंसामा प्रभावित भएको घटना बढ्दै गएको जानकारी दिइन् । उनले महिला आयोग महिलाहरूलाई हर क्षेत्रमा अगाडि बढाउन सक्रिय रहेको उल्लेख गर्नुहुँदै महिलाको आर्थिक सशक्तीकरणका निम्ति प्रभावकारी रूपमा अघि बढेको नेपाल महिला चेम्बरसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।  

चेम्बरकी अध्यक्ष श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले  महिलाहरूलाई अघि बढ्न हौसला मिल्ने बताउनुहुँदै विश्वभरमा अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य रहेको उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठले महिलाहरूलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागिता एवम्  प्रतिनिधित्व अर्थपूर्ण हुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप