प्रचण्डविरुद्धको मुद्दाबारे गठबन्धनमा छलफल हुने, निवेदकसँग कांग्रेस संवादमा
काठमाडौँ । प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशमाथि ८ दलीय गठबन्धनभित्र छलफल हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाएका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा आजको बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुने छ ।
गत कात्तिकमा रामेछापका ज्ञानेन्द्र आरणसहितले ‘सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको जिम्मा लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर उनलाई हत्या अभियोगमा पक्राउ गरी मुद्दा चलाउन माग गर्दै रिट निवेदन दिएका थिए । उनको उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेर गरेको थियो । तर अरुण दरपिठ आदेशविरुद्ध पुनः अर्को रिट लिएर सर्वोच्च गएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रवार प्रचण्डविरुद्धका रिट निवेदन दर्ता सर्वोच्च प्रशासनलाई आदेश दिएपछि माओवादी झस्एिको छ । प्रचण्ड सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको नेकपा माओवादी केन्द्रले ठहर गरेको छ । यता कांग्रेसले पनि प्रचण्डविरुद्धको मुद्दा अगाडि बढाउने आफ्ना कार्यकर्ता ज्ञानेन्द्रराज आरण र जितेन्द्र मोक्तानसँग कुराकानी गरिरहेको छ । कांग्रेसका नेताहरुका अनुसार मोक्तान मुद्दा फिर्ताको पक्षमा छन् भने आरणले मनिरहेका छैन ।
पीडितका नाममा राजनीति गर्न खोजेको भन्दै मोक्तानले आरणलाई निवेदनबाट आफ्नो नाम हटाउन भनिसकेका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनले रातोपाटीसँग भने, ‘मैले हिजो साँझ फोन गरेर रिट निवेदनबाट मेरो नाम हटाउन भनिसकेको छु । पीडितले न्याय पाउनुपर्छ । तर आरणले पीडितका नाममा राजनीति गर्ने खोजेको देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण