रामेछापको गुन्सालमा जन्ती सवार जिप दुर्घटना, १५ जना घाइते
आइतबार, २१ फागुन २०७९, २१ : ४४
काठमाडौँ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका स्थित गुन्सालमा जन्ती बोकेको बोलेरो दुर्घटना भएको छ । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर–५ बाट वडा नम्बर–६ तर्फ जाँदै गरेको बा.८च ७२७३ नम्बरको बोलेरो दुर्घटना भएको रामेछापका डिएसपी होम पराजुलीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् । जिपमा २५ जना यात्रु सवार थिए । दुर्घटनामा परेर दोरम्बा सैलुङ–५ घर भएका बेहुला अनिल श्रेष्ठ र बेहुली सरस्वती श्रेष्ठ पनि घाइते भएका छन् । अरु १५ जना घाइतेलाई प्रहरीले काठमाडौंतर्फ पठाएको छ ।
रजमन्टारबाट जागुतर्फ जाँदै गरेको जिप खैरखोला भित्री कच्ची सडक खण्डमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण