जावलाखेलसँग हार्यो मछिन्द्र
आइतबार, २१ फागुन २०७९, २३ : १८
काठमाडौँ । मछिन्द्र फुटबल सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ । साविक विजेता मछिन्द्र नयाँ सिजनको पहिलो खेलमा हार ब्यहोर्यको हो ।
आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक एक गोल गरे ।
मछिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए । खेलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । जितसँगै जावलाखेलले पहिलो खेलमै ३ अंक जोडेको छ । मछिन्द्रले भने हारबाट लिगको सुरुआत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण