‘मैले लोभ गरेको थाहा पाए एउटा ट्विट गर्नुस, बर्दी फुकाल्छु’–एसएसपी पोख्रेल
काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख (एसएसपी) विश्वराज पोखरेलले कुनै लोभ–लालचमा नपरीकन काठमाडौंमा शान्ति सुरक्षा बहाल गर्न लागिपर्ने बताएका छन् । मंगलबार सामुदायिक प्रहरी सेवा केन्द्रले बसन्तपुरमा आयोगना गरेको नागरिक सुनुवाई कार्यक्रमलाई सम्वोधन गर्दै एसएसपी पोखरेलले भने, ‘म लोभमा फसेको थाहा पाए एउटा ट्विट गर्दिनुस्, बर्दी फुकाल्न तयार छु ।’
दुई साता अघिमात्र काठमाडौं प्रहरीको कमाण्ड सम्हालेका पोखरेलले आफ्नो मातहतका निकायलाई पनि लोभ–लालचमा फस्न नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले भने, ‘म रहुन्जेल मेरो मातहतका इकाइलाई पनि लोभमा फस्न दिनेछैन’ उनले भने, ‘पुलिस मात्र हैन समाजका हरेक ब्यक्ति परिवर्तन हुन जरुरी छ, आफ्नो छोरा गुण्डा भएपनि असल अनि अर्काको विद्धान छोरालाई पनि खराब देख्ने आँखा परिवर्तन हुनुपर्छ ।’
सड्क र झुपडीमा बस्ने जनताको पक्षमा काम गर्न नसकेको आरोप प्रहरीले खेप्दै आएको उल्लेख गर्दै पोखरेलले आफु काठमाडौंमा रहँदासम्म प्रभाव, दबाब र लोभ–लालचमा नफसिकन काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । ‘काठमाडौंको प्रहरीले एक टुक्रा सुपारी पनि लोभ गरेर खाने छैन’ उनले भने, ‘मैले तपाई नागरिकप्रति निष्पक्ष ब्यवहार गर्न नसकेको र लाभ लिएको पाउनुभयो भने प्रहरी सेवामा बस्दिन ।’ प्रहरीभित्र यदाकदा ब्यक्ति विशेषमा देखिने खराब आचरण र बर्दी सँगसँगै हिड्न नसक्ने उल्लेख गर्दै एसएसपी पोखरेलले भने, ‘हामीलाई राज्यले बर्दी, हतियार र कानुनी अधिकार दिएको छ, त्यसैले प्रहरी नागरिकप्रति जिम्मेवार हुनैपर्छ ।’ नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुले प्रहरी सेवाप्रति गरेको गुनासो सम्बोधन गर्दै एसएसपी पोखरेलले प्रहरीले कसैलाई अनावश्यक झन्झट नदिने दाबी गरेका छन् ।
‘बुद्ध भूमिमा अपराध गर्नेहरु अब जोगिनेवाला छैनन, तिनीहरु जेल जान्छन्’ उनले भने, ‘काठमाडौंमा हुने चोरी र पकेटमारी जनताले महसुस गर्नेगरी नियन्त्रण गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण