महिलाहरूको संघर्षका कारण परिवर्तन सम्भव भयो : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महिलाहरूको संघर्षका कारण परिवर्तन सम्भव भएको बताएका छन् । समाजवादी ट्रेड युनियन महासंघ, महिला समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
राजनीतिक रूपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरू थप सशक्त र जागरूक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यक रहेको अध्यक्ष यादवले बताए । कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, राजनीतिक समिति सदस्यहरू प्रेमनारायण थापा, राजन केसी, रेखा यादव, लीला सिटौला र केन्द्रीय सदस्यहरू प्रचण्ड पौडेल, अम्बिका काफ्ले, किरण कुमारी साह लगायतको उपस्थिति रहेको थियो ।
महिला समितिका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कल्पना राईले गरेकी थिइन् भने स्वागत मन्तव्य विमला घिमिरेले दिएकी थिइन् । महासंघको सभा हलमा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण