सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

बुधबार, २४ फागुन २०७९, १६ : ४८
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले भेटेका छन् । बुधवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई विप्लवले भेटेका हुन् । 

संक्रमणकालीन न्याय टुंगो लगाउन प्रचण्ड  र विप्लवबीच भेटघाट भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । भेटवार्तामा द्धन्द्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत टुंगो लगाउने विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताएको छ । प्रचण्डलाई भेट्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत सहभागी भएका  थिए ।

संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा सबै पूर्व माओवादी नेताहरु एक ठाउँमा आइपुगेका छन् । पार्टी एकता गर्न नसकेपनि कार्यगत एकता गरेर जाने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप