प्रधानमन्त्री प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता
बुधबार, २४ फागुन २०७९, १६ : ४८
काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले भेटेका छन् । बुधवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई विप्लवले भेटेका हुन् ।
संक्रमणकालीन न्याय टुंगो लगाउन प्रचण्ड र विप्लवबीच भेटघाट भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । भेटवार्तामा द्धन्द्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत टुंगो लगाउने विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताएको छ । प्रचण्डलाई भेट्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत सहभागी भएका थिए ।
संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा सबै पूर्व माओवादी नेताहरु एक ठाउँमा आइपुगेका छन् । पार्टी एकता गर्न नसकेपनि कार्यगत एकता गरेर जाने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण