तिलोत्तमा गोल्ड कपको २२ औं संस्करणको तयारी अन्तिम चरणमा
बुटवल । प्रतिष्ठित फुटबल प्रतियोगिता ‘तिलोत्तमा गोल्ड कप’को २२ औं संस्करण यही चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फुटबल सङ्घ रुपन्देहीले जनाएको छ ।
विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरूबीच हुने प्रतियोगिताको विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ले ११ हजार १११ रुपैयाँ नगद प्राप्त गर्ने सङ्घका रुपन्देही अध्यक्ष लोक पुनले जानकारी दिए । यो संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम–११ गरी ८ टिमको सहभागिता रहने जनाइएको छ ।
नेपाल फुटबल सङ्घका अध्यक्ष दिर्घबहादुर केसीले यो प्रतियोगिताले केही नयाँ प्रतिभाको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । यस क्षेत्रकै पुरानो प्रतियोगिताको रूपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि आयोजना गर्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण